असारको हतारो रोक्दै मधेसमा भदौदेखि नै विकास काम अघि बढाउने तयारी
bishowkhabar.com · Wed Sep 09 10:33:12 GMT 2026

काठमाडौं– मधेस प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा हतारहतार विकास बजेट खर्च गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्दै आर्थिक वर्षको सुरुदेखि नै विकास आयोजना कार्यान्वयनमा लैजाने तयारी थालेको छ ।
प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट कार्यान्वयनको अख्तियारी उपलब्ध गराएपछि भदौदेखि नै योजना तयारी, लागत अनुमान, बोलपत्र आह्वान तथा ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन, विनियोजन ऐन, रातो किताब र वार्षिक विकास कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ ।
Read full story at source (bishowkhabar.com)