शारदाले जित्यो टी-२० क्रिकेट प्रतियोगिताको उपाधि
gorkhapatraonline.com · Sun May 24 15:56:00 GMT 2026
तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागचौर नगरपालिका लाई पराजित गर्दै शारदा नगरपालिकाले उपाधि आफ्नो पक्षमा पारेको हो ।
विजेता शारदा नगरपालिकाले नगद १ लाख रुपियाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बागचौर नगरपालिकाले नगद ५० हजार रुपियाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)