भक्तपुरमा आज पञ्चदान पर्व मनाइँदै
nepalnews.com · Wed Sep 09 10:37:04 GMT 2026

भक्तपुर। पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाइँदै छ। ऐतिहासिक परम्पराअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान च¥हे’ का दिन यो पर्व मनाउने गरिन्छ। आज यहाँका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराउने गरिन्छ।
Read full story at source (nepalnews.com)