सिमकार्ड नभए पनि मोबाइलमा विपतको सूचना पुग्ने, ‘सेल ब्रोडकास्टिङ’ ल्याउँदै सरकार
ictsamachar.com

काठमाडौं । प्राकृतिक विपत्का बेला धेरैभन्दा धेरै मानिससम्म तत्काल सूचना पुर्याउन सरकारले ‘सेल ब्रोडकास्टिङ’ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो प्रविधि लागू भएपछि सिमकार्ड नभएको मोबाइल समेत नेटवर्कको पहुँचमा रहेसम्म विपत्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न सक्नेछ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रणाली सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ । यसका लागि छुट्टै कार्यदल गठन गरेर कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुर्याइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
Read full story at source (ictsamachar.com)