भोटेकोशी बाढीः हुम्लाका चार जनाको दाहसंस्कार
reportersnepal.com · Wed Sep 09 10:48:02 GMT 2026

हुम्ला, २४ भदौ । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौँस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ ।
यही भदौ १० गते गएको बाढीमा परी हुम्लाका सात जना बेपत्ता भएका थिए । तीमध्ये चार जनाको यही भदौ २३ गते १३ दिनको पुण्यतिथिको अवसर पारेर आफन्तले हिन्दू धार्मिक संस्कारअनुसार पुत्ला बनाई दाहसंस्कार गरेका हुन् ।
Read full story at source (reportersnepal.com)