बार्सिलोनाले भन्यो – यो कठिन घडीमा हाम्रो समर्थन नेपाली जनतालाई
arthasansar.com · Wed Sep 09 10:57:53 GMT 2026

स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेपालमा हालै आएको भीषण वर्षा र बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । क्लबले नेपालमा रहेको आफ्नो फ्यान क्लबलाई पत्र लेख्दै यो कठीन घडीमा आफूहरु नेपाली जनताको साथमा रहेको उल्लेख गरेको हो ।
बार्सिलोनाको सञ्चालक समितिका सदस्यहरू तथा क्लबको तर्फबाट जारी सन्देशमा बाढी तथा भारी वर्षाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र कठिन अवस्थाबाट छिट्टै सामान्य जीवनमा फर्कन सकून् भन्ने शुभकामना दिइएको छ ।
Read full story at source (arthasansar.com)