होर्मुजमा तनाव चर्किदा तेल आपूर्ति जोखिममा
gorkhapatraonline.com · Wed Sep 09 11:11:27 GMT 2026

इरान र संयुक्त राज्य अमेरिकाबिच हर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । इरानले आफ्ना तेल ट्याङ्करमाथि अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो ।
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स (आइआरजिसी) ले बुधबार हर्मुज जलघाँटी पार गर्न खोजिरहेका २० अमेरिकी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा ओसारपसार हुने उक्त जलमार्गमा इरानले युद्ध सुरु भएदेखि कडाइ गर्दै आएको छ । जलघाँटी प्रयोग गर्न अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्ति प्रभावित भएको बताइएको छ ।
Read full story at source (gorkhapatraonline.com)