तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल"
barnanmedia.com · Wed Sep 09 11:03:57 GMT 2026

धानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थिति, खोज तथा उद्धार, राहत वितरण र उपचारबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले छलफल थालेका हुन्।
सिंहदरबारमा अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)