देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु
ratopati.com · Wed Sep 09 11:15:45 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। सुनसरी, रौतहट, सिन्धुली, पाल्पा, भक्तपुर, धादिङ र कास्कीमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।
सुनसरीको धरान उपमहानगरपालिका-८ गुँरास चोकमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा घाइते भएका इटहरीका ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ। प्रहरीले सिटी सफारी चालकलाई नियन्त्रणमा लिएको छ। रौतहटको गुजरा नगरपालिका-३ सिमरी जङ्गलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय सञ्जय घिसिङको मृत्यु भएको छ। दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)