अनुसन्धान विभागका अधिकृतकै नक्कली सर्टिफिकेट
kendrabindu.com · Wed Sep 09 11:16:58 GMT 2026

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्अन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमीडिएट एजुकेसनबाट जारी भएको भनिएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारको दाबी छ ।
Read full story at source (kendrabindu.com)