त्रिवि उपकुलपतिले ‘मेरिटोक्रेसी’का नाममा भद्दा नाटक मञ्चन गर्दै छन् : महासचिव पोखरेल
baahrakhari.com · Sun Dec 08 16:41:00 GMT 2024

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपति केशरजंग बरालले मेरिटोक्रेसी (योग्यताक्रम)का नाममा भद्दा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले बरालको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरिएको तर त्यतिबेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफूनिकट व्यक्तिलाई भीसी बनाउने गरी प्रक्रिया अघि बढाएको उनको दाबी छ । उनले लेखेका छन्, ‘‘सोहीअनुसार माओवादीनिकटका चित्रबहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजनाअनुरुप २ नम्बरमा रहेका बराल भीसी बनाइए ।’’
Read full story at source (baahrakhari.com)