वीर अस्पतालमा दुर्लभ मस्तिष्क शल्यक्रिया
ratopati.com · Wed Sep 09 11:27:40 GMT 2026

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा एक ४७ वर्षीया महिलाको विश्वमै दुर्लभ मानिने जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल भर्ना भएकी ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा मस्तिष्कका दुवै पक्षमा गरी कुल सात वटा एन्युरिजम पहिचान भएको थियो।
सामान्यतया दुवै पक्षका एन्युरिजमका लागि छुट्टाछुट्टै शल्यक्रिया गर्नुपर्ने भए तापनि वीर अस्पतालका न्युरो सर्जनहरूले बायाँ तर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिजममा सफलतापूर्वक क्लिप लगाएका छन्।
Read full story at source (ratopati.com)