बसाइँसराइले छेक्यो दसैंको रौनक
ekantipur.com · Sun Oct 06 16:50:58 UTC 2024

धनकुटा — दसैंताका गाउँलेहरु जम्मा भएर कुरुलेतेनुपामा पिङ हाल्ने, नागचान र खेलकुद आयोजना गर्थे । पढाइ र जागिरका लागि सहर गएकाहरु गाउँ फर्किएपछि घरआँगनमा चाडपर्वको रौनक भित्रिन्थ्यो । अचेल यहाँ न कोही गाउँ फर्किन्छन् न पिङ नै हालिन्छ ।
चौबिसे गाउँपालिकाको गैरीगाउँको डाँडाबाट आसपासका बस्ती नियाल्दा सबैजसो घर रित्ता र जीर्ण देखिन्छन् । कतिपय बस्ती मानवविहीन अवस्थामा छन् । बसाइँसराइले रित्तिँदै गएका गाउँमा छिटपुट बचेका घरआँगनमा पनि नजिकिएका चाडपर्वको रौनक छैन ।
Read full story at source (ekantipur.com)