जलेको एक वर्षपछि संसद् भवनदेखि हिल्टन होटेलसम्म 'भिडियो टुर'– के छ अहिलेको अवस्था ?
lokaantar.com

गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनले मुलुकका प्रमुख प्रशासनिक तथा ऐतिहासिक संरचनामा पुर्याएको क्षतिको आज एक वर्ष पूरा भएको छ । हिजो मात्रै आन्दोलनको पहिलो निशाना बनेको पुरानो संसद् भवनको प्राङ्गणमा 'जेनजी स्मृति दिवस' मनाइएको छ । आन्दोलनको एक वर्ष बितिसक्दा पनि उक्त भवन अझै भग्नावशेषकै अवस्थामा छ, जहाँ काठमाडौं उपत्यकाभित्र जलेका गाडीहरू थुपारिएका छन् ।
संसद् भवनका माथिल्लो र तल्लो सदनका रूपमा प्रयोग हुँदै आएका मुख्य ब्लकहरू भूकम्प र आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भई मर्मत गर्न नसकिने अवस्थामा पुगेका छन् । यद्यपि, मुख्य ढोकातिरको भाग (फ्रन्ट फेस) र प्राङ्गण छेउका केही साना ब्लकहरू भने तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेकाले मर्मतसम्भार गरेर चलाउन सकिने प्राविधिक निष्कर्ष निकालिएको छ । चालु आर्थिक वर्षमा यस ऐतिहासिक सम्मेलन केन्द्रको पुनर्निर्माणका लागि सरकारले छुट्टै बजेट विनियोजन गरेको छैन । स्पष्ट मोडालिटी तथा लागत अनुमान निर्धारण गरेपछि मात्र बजेट व्यवस्थापन गर्ने सरकारको तयारी छ ।
Read full story at source (lokaantar.com)