कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन
deshsanchar.com · Wed Jul 08 16:45:30 GMT 2026

तानसेन (पाल्पा) – यहाँको रम्भा गाउँपालिका–१ अर्सदीका ६८ वर्षीय जगन्नाथ अर्याललाई छ घण्टा लगाएर तानसेन पुगेको याद ताजै छ। स्कुल पढ्दा पैदलै हिँडेर सदरमुकाम तानसेन गएको उनी सम्झन्छन्। अर्याल भन्छन्, “गाडी चढेर जानुपरे घरबाट चार घण्टा पैदल हिँडेर छर्दी खोला तरेर मालुङ्गा हुँदै गल्याङ्ग पुग्थ्याँै, त्यहाँबाट गाडी चढेर बल्ल तानसेन जान्थ्यौँ।” डेढ दशकअघिसम्म बुटवल, पोखरा जानुपरे चार÷पाँच दिन लगाएर जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। अर्याल भन्छन्, “पहिले त निकै कष्ट थियो। अहिले त डेढ घण्टामै तानसेन, तीन÷चार घण्टामै पोखरा पुग्न सकिने भयो।”
Read full story at source (deshsanchar.com)