दक्षिण कोरियामा विद्यालय हिंसा १३ वर्षयताकै उच्च
ratopati.com · Wed Sep 09 12:04:22 GMT 2026

साेल । डिजिटल उपकरणको बढ्दो प्रयोग, सामाजिक दूरी र कोभिड–१९ महामारी पछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना कीर्तिमानीस्तरमा पुगेका छन् ।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, कक्षा ४ देखि हाईस्कुलको अन्तिम वर्षसम्मका करिब ३९ लाख विद्यार्थीमा गरिएको विद्यालय हिंसासम्बन्धी सर्वेक्षणमा सन् २०२६ मा हिंसाको सिकार हुने विद्यार्थीको दर दुई दशमलव नौ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव चार प्रतिशतले बढी हो ।
Read full story at source (ratopati.com)