चिलिमेमा खोजी तीव्र
gorkhapatraonline.com · Wed Sep 09 12:04:27 GMT 2026

यही भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।
आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारीपारी आवतजावतका लागि डोरी समेत टाँगिएको छ। नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर प्रारम्भिक अनुगमन गरेको थियो। त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा सेनाले दुई जनाको शव फेला पारेको थियो।
Read full story at source (gorkhapatraonline.com)