राहत, उद्धार तथा पुनः स्थापनाका लागि कोष बढ्दै
gorkhapatraonline.com · Wed Sep 09 12:02:13 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ । भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि दाताले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो ।
लिस्बन (पोर्चुगल) पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गर्नुभएको हो । उहाँ होटल व्यवसायी हुनुहुन्छ । काभ्रेपलाञ्चोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३२ लाख ४६ हजार ७५२ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)