विदेशमा रहेका मतदाताको मताधिकारबारे निर्वाचन विज्ञसँग छलफल
nepalpress.com · Wed Sep 09 12:02:42 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरोकारवालासँग आज छलफल गरेको छ ।
छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट, विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता थियो ।
Read full story at source (nepalpress.com)