ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु
ratopati.com · Wed Sep 09 12:07:39 GMT 2026

पोखरा । पोखरा–१०, बुद्धचोकमा बुधबार ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी ५ निवासी २५ वर्षीय नवराज दर्जी हुन् ।
पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो १२ बजेर ५० मिनेटमा बुद्धचोकमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
Read full story at source (ratopati.com)