रसुवा बाढीपछि नेपाल टेलिकमको फाइबर नेटवर्क पुनःसञ्चालनको पहिलो चरण सम्पन्न, १ हजार ९३ लाइन फेरि सञ्चालनमा
aarthiknews.com

काठमाडौं। गत भदौ १० गते आएको अविरल वर्षापछिको विनाशकारी बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेपछि कम्पनीले पहिलो चरणको नेटवर्क पुनःसञ्चालन कार्य सम्पन्न गरेको छ।
नेपाल टेलिकमका अनुसार बाढीले रसुवागढी र बेत्रावतीमा रहेका एक–एक गरी दुई वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी), रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँच वटा फाइबर वितरण केन्द्र (एफडीसी) पूर्ण रूपमा बगाएको थियो। त्यस्तै करिब १२८ किलोमिटर हवाई अप्टिकल फाइबर केबल पनि बाढीले बगाएको थियो। यस क्षतिका कारण उक्त क्षेत्रमा रहेका १ हजार ५ सय ४४ वटा फाइबर टु द होम (एफटीटीएच) लाइन पूर्ण रूपमा अवरुद्ध भएका थिए।
Read full story at source (aarthiknews.com)