शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
ratopati.com · Wed Jun 17 12:58:10 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यले करार सेवामा रोजगारी पाएका छन्। शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा १६ जनालाई करारमा नियुक्त गर्दै रोजगारी दिएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत तथा रोजगारी उपलब्ध गराउने सरकारको निर्णयअनुसार नियुक्ति गरिएको हो। सरकार र आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौताअनुसार पहिलो चरणमा उनीहरूलाई शैक्षिक योग्यताका आधारमा प्राधिकरणका विभिन्न कार्यालयमा नियुक्त गरिएको हो।
Read full story at source (ratopati.com)