राप्रपाका संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने
ratopati.com · Wed Sep 09 12:19:52 GMT 2026

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना ४ जना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिसलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको निर्णय कानुनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय गरेकी हुन्।
योसँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत् रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव (कानुन) प्रकाश चापागाईंका अनुसार, राप्रपा केन्द्रीय कार्यालयबाट थापा, विष्ट, तामाङ र प्रजापतिलाई पदमुक्त गर्न पठाइएका पत्रहरू अध्ययन गर्दा कारबाहीको कानुनी आधार र प्रक्रिया नपुगेको पाइएको हो।
Read full story at source (ratopati.com)