लुम्बिनी प्रदेश कोषाध्यक्षसहित दुईजना जसपा नेपालबाट निष्काशित
nepalpress.com · Wed Sep 09 12:18:29 GMT 2026

रुपन्देही । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष बच्छुलाल केवट र सदस्य राजकुमार लोधलाई पार्टीले कारवाही गरेको छ । प्रदेश कोषाध्यक्ष केवट रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् ।
पार्टीको नीति, सिद्धान्त, निर्णय तथा विधानविपरीत कार्य गर्नुका साथै पार्टीको हित र अनुशासनविपरीत गतिविधि तथ अन्य राजनीतिक दलको प्रचारप्रसारमा समेत सक्रिय रुपमा संलग्न रहेको भन्दै पार्टीले जसपा नेपालले कारवाही गरेको हो ।
Read full story at source (nepalpress.com)