राप्रपा बागमतीका चार सांसदलाई पदमुक्त नगर्ने प्रदेशसभाको निर्णय
onlinekhabar.com · Wed Sep 09 12:17:25 GMT 2026

२४ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाही गरी प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गरिएका बागमती प्रदेशसभाका चार सदस्यलाई पदमुक्त नगर्ने निर्णय भएको छ ।
उपसभामुख (कार्यबाहक सभामुख) अप्सरा चापागाईंले आज बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यहरु उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त नगर्ने निर्णय गरेकी हुन् । विष्ट, तामाङ र प्रजापति प्रदेश सरकारमा मन्त्री छन् ।
Read full story at source (onlinekhabar.com)