यसकारण बनाए इजिप्टका मुख्य प्रशिक्षक होसम हसनले ‘एक्स’ चिह्न
rajdhanidaily.com · Wed Jul 08 23:03:21 GMT 2026
खेलको अन्तिम क्षणमा इजिप्टका मुख्य प्रशिक्षक होसम हसन र फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरबीच भएको चर्को विवादले विश्व फुटबलमा नयाँ बहस सुरु गरेको छ । सबैको ध्यान त्यतिबेला तानियो, जब हसनले रेफ्रीको अगाडि आफ्ना दुवै हात क्रस गर्दै ‘एक्स’ चिह्न बनाए । यो सामान्य विरोधको संकेत भने होइन । फिफाले सन् २०२४ देखि यसलाई ‘जातिवाद र घृणायुक्त व्यवहारविरुद्ध प्रयोग हुने आधिकारिक संकेत’का रूपमा मान्यता दिएको छ । तर, आश्चर्यको कुरा रेफ्रीले खेल रोक्नुको सट्टा हसनलाई पहेँलो कार्ड देखाए । त्यसपछि धेरैले प्रश्न उठाए, ‘यदि एक्स चिह्न जातिवादको संकेत हो भने प्रशिक्षकलाई सजाय किन दिइयो ?’
यो विवाद सुरुवात खेलको निर्णायक मोडबाट भएको हो । इजिप्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाविरुद्ध २–० को अग्रता बनायो । त्यसपछि मुस्तफा जिकोले अर्को गोल गरे र इजिप्टको जित लगभग निश्चितजस्तै देखियो । त्यसैबेला भिडियो सहायक रेफ्री (भीएआर)ले हस्तक्षेप गर्दै ‘गोल हुनुअघि फाउल भएको’ भन्दै त्यो गोल रद्द गरिदियो । यही निर्णयपछि खेलको दिशा नै बदलियो । अर्जेन्टिनाले अन्तिम समय सानदार पुनरागमन गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पा¥यो । खेल अन्तिम क्षणमा मोहम्मद सलाहमाथि भएको भनिएको फाउलमा पनि पेनाल्टी नदिइएपछि प्रशिक्षक होसम हसनको आक्रोश झन् बढ्यो र उनले रेफ्रीतर्फ ‘एक्स’ चिह्न देखाएर आफ्नो विरोध जनाए ।
Read full story at source (rajdhanidaily.com)