चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
onlinekhabar.com · Wed Sep 09 12:18:31 GMT 2026

२४ भदौ, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा.विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन् ।
नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Read full story at source (onlinekhabar.com)