मकवानपुरगढीका ६ सुकुमबासी परिवारले पाए जग्गाधनी पुर्जा
ratopati.com · Wed Sep 09 12:37:11 GMT 2026

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुमबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति गठनपछि मकवानपुरमा पहिलो पटक बुधबार कानुनी प्रक्रिया पूरा गरी भूमिहीन परिवारलाई पुर्जा वितरण गरिएको हो।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष वसन्त अधिकारी, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन र समितिका सदस्यसचिव एवम् नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत महेश्वर कार्कीले पुर्जा हस्तान्तरण गरेका हुन् ।
Read full story at source (ratopati.com)