रेलिगेसनबाट जोगियो टोटेनहम
ratopati.com · Sun May 24 18:04:37 GMT 2026
काठमाडाैँ । इङ्लिस प्रिमियर लिग २०२५/२६ सिजनको अन्तिम दिन नाटकीय मोडले भरिएको रह्यो । उपाधि होड धेरै अघि नै टुंगिएको भए पनि च्याम्पियन्स लिग छनोट, युरोपा लिगको टिकट र रेलिगेसनको संघर्ष अन्तिम खेलसम्म पुगेको थियो । यही संघर्षबीच उत्तर लन्डन क्लब टोटेनहम हट्स्पर अन्ततः रेलिगेसनबाट जोगिन सफल भयो । अन्तिम चरणसम्म संकटमा रहेको टोटेनहमले आवश्यक नतिजा निकाल्दै अर्को सिजन पनि शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यस सिजन टोटेनहमका लागि अत्यन्त निराशाजनक रह्यो । केही वर्षअघिसम्म च्याम्पियन्स लिगको नियमित दाबेदार मानिने क्लब यसपटक रेलिगेसनको संघारसम्म पुग्दा समर्थकहरू स्तब्ध बने । प्रशिक्षक परिवर्तन, कमजोर डिफेन्स, लगातार चोट समस्या र अस्थिर प्रदर्शनले क्लबलाई संकटमा धकेलेको थियो । सिजनकै बीचमा प्रशिक्षक परिवर्तन गर्दै रोबर्टो डि जेर्बीलाई जिम्मेवारी दिइएको थियो । डे जर्बीले अन्तिम चरणमा खेलाडीहरूलाई ‘क्लबको प्रतिष्ठाका लागि खेल्न’ आह्वान गरेका थिए ।
Read full story at source (ratopati.com)