बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा
ratopati.com · Wed Sep 09 12:45:39 GMT 2026

गोरखा । मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनःसञ्चालनमा ल्याइएको हो ।
चुमनुब्री गाउँपालिका–४ वडाअध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो । यस्तै सुक्समको झोलुङ्गे पुल पनि बूढीगण्डकीको बाढीले बगाएको थियो । सुक्सममा पहिरोले बाटो बगाएपछि आवतजावत बन्द भएको थियो ।
Read full story at source (ratopati.com)