खोलाले बगाएका किशोर मृत फेला
nagariknews.nagariknetwork.com · Wed Sep 09 12:48:08 GMT 2026

बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्।
बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन्। यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो। उनी आज मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)