यो जेनजीको सरकार होइन, स्वार्थ समूहको सरकार हो : मिराज ढुंगाना
kendrabindu.com · Wed Sep 09 12:46:01 GMT 2026

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन् ।
जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित ‘जेनजी आन्दोलनको १ वर्ष र अबको बाटो’ कार्यक्रममा बोल्दै ढुंगानाले वर्तमान सरकारबाट जनजीविकामा अपेक्षित सुधारको अनुभूति हुन नसकेको दाबी गरे । उनले सरकारले नागरिकमा आशा जगाउन नसके वैकल्पिक राजनीतिक शक्तिबारे देशव्यापी बहस सुरु गर्नुपर्ने बताए ।
Read full story at source (kendrabindu.com)