तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार
khabarhub.com · Wed Sep 09 12:47:05 GMT 2026

दमौली – नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।
वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत् सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत् लाइन विस्तार गरिएको हो । नयाँ घरधुरीमा विद्युत् सेवा विस्तारसँगै वितरण केन्द्रअन्तर्गत विद्युत् ग्राहकको सङ्ख्या ८२ हजार २४९ पुगेको छ ।
Read full story at source (khabarhub.com)