सभापति लामिछानेले जिते जनताको मन, बाढीपीडितलाई होच्याउने आफ्नै पार्टीका सदस्यलाई निकाल्ने चेतावनी !
barnanmedia.com · Wed Sep 09 12:57:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढी तथा अन्य विपद्बाट पीडित बनेका नागरिकमाथि सामाजिक सञ्जालमा अपमानजनक वा अमानवीय टिप्पणी गर्ने आफ्नै पार्टीका सदस्यलाई कडा कारबाही गरिने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले दुःखमा रहेका नागरिकको पीडालाई हल्का रूपमा लिनु स्वीकार्य नहुने स्पष्ट पारे।
लामिछानेले रास्वपालाई विपद्मा रोइरहेका नागरिकलाई होच्याउने ‘अन्ध समर्थक’ नचाहिने बताए। उनका अनुसार पार्टीलाई पीडितको पक्षमा उभिने, उनीहरूको आवाज बन्ने र दुःखमा साथ दिने सदस्य आवश्यक छन्। सामाजिक सञ्जालमा पीडितलाई तुच्छ टिप्पणी गर्ने, मजाक बनाउने वा अपमान गर्ने व्यवहारप्रति उनले आपत्ति जनाए।
Read full story at source (barnanmedia.com)