लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त
kendrabindu.com · Wed Sep 09 13:13:20 GMT 2026

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन् । प्रदेशसभा सचिवालयले काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेसँगै उनको प्रदेशसभा सदस्य पद रिक्त भएको हो ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले काफ्ले पदमुक्त भएको जानकारी दिए । उनका अनुसार प्रदेशसभा अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम सूचना प्रकाशन गरिएको हो ।
Read full story at source (kendrabindu.com)