भूमिहीन तथा अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन सुरु
gorkhapatraonline.com · Wed Sep 09 13:12:46 GMT 2026

बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि वडा तहबाट निवेदन सङ्कलन सुरु गरेको छ ।
लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका नागरिकको पहिचान, लगत अद्यावधिक तथा जग्गा व्यवस्थापन प्रक्रियालाई अघि बढाउने उद्देश्यले यो कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधानसम्बन्धी संयन्त्रको समन्वयमा पालिकाका सबै ६ वटै वडामा कर्मचारीको टोली परिचालन गरी निवेदन सङ्कलन सुरु गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)