रोशी खोलामा बाढी बढ्दो, बिहानसम्म सतर्क रहन आग्रह
gorkhapatraonline.com · Wed Sep 09 13:36:43 GMT 2026

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलान्चोक पनौतीस्थित रोशी खोलाको बाढी बढेको छ । रोशी खोलाको बाढी बढेको र सतर्कता तह पार गरेको हुँदा नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दा बिहानसम्म सतर्क रहन समेत महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति छ प्रदेशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Read full story at source (gorkhapatraonline.com)