हरियो जालीमै छ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा बसेको जिजस भवन अझै खण्डहर
ratopati.com · Wed Sep 09 13:45:00 GMT 2026

विराटनगर । २०८२ साल भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका सरकारी निकाय तथा संरचनाहरूमा व्यापक तोडफोड र आगजनी भयो । एक वर्ष अगाडि भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचना अझै बन्न सकेको छैन ।
विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अहिले पनि हरियो जालीले छोपेर राखिएको छ । प्रारम्भिक अध्ययनमा उक्त भवन मर्मत गरेर प्रयोग गर्न सकिने सूचीमा छ । तर, जलेको उक्त भवनलाई पुनः प्रयोगयोग्य बनाउन चार करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ ।
Read full story at source (ratopati.com)