रसुवादेखि मुग्लिनसम्मका ६३ मध्ये ४१ पुल बगे, ३ क्षतिग्रस्त, १९ जोगिए
nagariknews.nagariknetwork.com · Wed Sep 09 13:32:49 GMT 2026

भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले उत्तरी सीमानाका रसुवागढीदेखि रणनीतिक महत्त्वको मुग्लिनसम्मको सडक सञ्जाल क्षतविक्षत बनाएको छ।
सडक विभागले तयार पारेको स्थलगत प्राविधिक प्रतिवेदन अनुसार यस नदी करिडोरमा रहेका कुल ६३ वटा पुलमध्ये ४१ वटा बाढीले बगाएको छ। बाढीको तीव्र धक्काका कारण ३ वटा पुल संरचनात्मक रूपमा क्षतिग्रस्त भएका छन् भने १९ वटा पुल मात्र जोगिन सफल भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)