सुख्खा पहिरोले रसुवाको वैकल्पिक सडक पनि अवरुद्ध
nepalpress.com · Wed Sep 09 13:52:45 GMT 2026

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा वैकल्पिक सडक अवरुद्ध भएको छ ।जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिक बुधबार साँझ ठूलो सुख्खा पहिरो खसेको हो ।
नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी र धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध रहेकाले उक्त सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।
Read full story at source (nepalpress.com)