कुहिरोभित्रको सत्य
nepalnews.com · Wed Sep 09 13:57:28 GMT 2026

अविनाश विक्रम शाह निर्देशित चलचित्र एलिफेन्ट्स इन द फग (तिनीहरू) ले नेपाललाई सधैँ देखाइने हिमाल, ताल र प्राकृतिक सौन्दर्यको सामान्य लेन्सबाट हेर्दैन। १०३ मिनेटको चलचित्र तराईको दक्षिणी कुनो ठोरीको वास्तविक धरातलबाट उठान हुन्छ। यो जङ्गलको किनारमा रहेको त्यस्तो गाउँको कथा हो, जहाँ एकातिर राति जङ्गली हात्ती बाली ध्वस्त पार्न पस्छन् भने अर्कातिर एउटा किन्नर परिवार आफूलाई शुभकार्यमा पवित्र मानिने र आशीर्वादका लागि बोलाइने मान्यता तथा सामाजिक बहिष्कारको मसिनो धागोबीच आफ्नो अस्तित्व टिकाइराख्न संघर्ष गरिरहेको छ।
यही भूगोल फिल्मको मुख्य दर्शन पनि हो। हाम्रो समाजमा एउटा अनौठो प्रचलन छ– जुन प्राणी वा समुदायलाई टाढा राखेर भगवान् वा देवत्वका रूपमा पूजा गरिन्छ, त्यही आफ्नो आँगन वा खेतमा आइपुग्दा उसलाई लखेट्न र खेद्न बेर लगाइँदैन।
Read full story at source (nepalnews.com)