दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड
khabarhub.com · Wed Sep 09 14:02:22 GMT 2026

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
सियोलमा आयोजित २७औँ विश्व ज्ञान मञ्चलाई सम्बोधन गर्दै इसिबाले स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारजस्ता साझा मूल्यका आधारमा दुवै देशले ‘समानताको साँचो साझेदारी’ निर्माण गर्नुपर्ने बताए। उनले दक्षिण कोरिया र जापानको संयुक्त आर्थिक तथा रक्षा क्षमता विश्वकै तेस्रो ठूलो शक्तिका रूपमा उभिन सक्ने दाबी गरे।
Read full story at source (khabarhub.com)