सिलाइ बुनाइ र कतारको पसिना खरानी बनेपछि...
annapurnapost.com · Wed Sep 09 13:56:42 GMT 2026

नवलपुर : घर जलाएको खबर सुनेपछि फुलकुमारी थनेतलाई बेहोस हुन्छु जस्तो लाग्यो। आफूलाई सम्हाल्नै सकिनन् उनले। वर्षौंको श्रमले बनाएको घरमा प्रदर्शनकारीले आगो लगाएको खबर पत्याउनै कठिन भयो उनलाई। केही समयपछि खरानी भएको घरअघि पुग्दा उनी भक्कानिइन्, आँसु थाम्नै सकिनन्।
कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेत गत वर्षको घटना अन्नपूर्णसँग बुधबार साझा गर्दा पनि भावुक बनिन्। 'घर जल्यो भन्ने सुन्दा नै बेहोस हुँला जस्तो भयो। पछि गएर हेर्दा खरानी भएको रहेछ। आँखाबाट आँसु आयो,' उनले भनिन्।
Read full story at source (annapurnapost.com)