सेनाले भोटेकोशीको टनेलमा एउटा शव फेला पार्यो, ८१ को जीवित उद्धार
nepalpress.com · Wed Sep 09 14:04:09 GMT 2026

काठमाडौँ । नेपाली सेनाले भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये बुधबार ८१ जनाको जीवित उद्धार गरेको छ । यससँगै सेनाको हवाई खोज तथा उद्धारअन्तर्गत हालसम्म जीवित उद्धार हुनेको संख्या ४ हजार ८१ पुगेको छ । त्यसमा स्वदेशी ३७९८ र विदेशी २८३० छन् ।
सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ । त्यसअन्तर्गत रसुवागढी जलविद्युतआयोजनामा कम्पोजिट क्वीक रियाक्सन टीम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेर थप खोजी कार्य भइरहेको छ ।
Read full story at source (nepalpress.com)