गुल्मीमा एमालेको मिसन जागरणका लागि गाउँगाउँमा पुग्दै नेताहरु
nepalpress.com · Wed Sep 09 14:38:23 GMT 2026

रुपन्देही । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन पार्टी जागरण अभियान गुल्मीका विभिन्न पालिकामा जारी रहेको छ । यस अन्तर्गत १२ वटा पालिका रहेको गुल्मीमा आज मालिका गाउँ पालिका कमिटीद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का नेता तथा केन्द्रीय प्रतिनिधि राजेन्द्र अर्यालले पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्षबाट हटाउने कुरा हावादारी रहेको बताए ।
उनले ओलीलाई नेतृत्वबाट हटाएर एमालेलाई कमजोर पार्ने योजनाबद्ध कुत्सित मनसाय भएको उल्लेख गर्दै आगामी असोजको पहिलो हप्ता बस्ने केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतका साथ यो कुरालाई खारेज गर्ने बताएका छन् ।
Read full story at source (nepalpress.com)