कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार सहयोग गर्ने
annapurnapost.com · Wed Sep 09 15:04:45 GMT 2026

सिमरा : रसुवा जिल्लामा हालै गएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि बाराको कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार सात सय ७७ रुपैयाँ सहयोग गर्ने भएको छ। उपमहानगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो।
रसुवा बाढीबाट मुलुकले अत्यन्तै ठूलो क्षति व्यहोर्नुपरेको भन्दै नगर प्रमुख विनोद साहले उद्धार, राहत र पुर्ननिर्माणको अभियानमा उपमहानगरपालिकाबाट सहयोग गरिएको बताए। साहले जनप्रतिनिधिको सेवासुविधा, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकको तलब तथा नगरको विपद् व्यवस्थापन कोषबाट सहयोग गरिएको जानकारी दिए।
Read full story at source (annapurnapost.com)