बादल लाग्छ तर पानी पर्दैन ! पूर्वमा किन पर्याप्त वर्षा हुन सकेन ?
lokaantar.com

केही दिनयता मुलुकका अधिकांश भूभागमा मनसुनी वर्षा भइरहँदा पूर्वी नेपालमा भने पर्याप्त पानी परेको छैन । मौसमविद् विनोद पोखरेलका अनुसार, पूर्वी नेपालमा देखिएको यो सुक्खापनको मुख्य कारण बादललाई माथि धकेल्ने प्रणालीको अभाव हो ।
पोखरेल भन्छन्, 'बादल लगातार लागेको छ तर तराईमा वर्षा भएको छैन। यसको मुख्य कारण बादललाई माथि धकेल्ने प्रणाली (लिफ्टिङ मेकानिजम) नहुनु हो। यो काम पहाडले गर्ने भएकोले पहाडी भेगमा राम्रै वर्षा भइरहेको देखिन्छ, तर तराई र पूर्वी भेगमा सो प्रणालीको अभावमा बादल लागेर पनि वर्षा हुन सकिरहेको छैन।'
Read full story at source (lokaantar.com)