प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु हुँदै
nepalviews.com · Thu Jul 09 02:15:00 GMT 2026

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइ प्रक्रिया आजबाट अगाडि बढ्ने भएको छ।
यस विषयमा आवश्यक निर्णय लिन संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दै छ। उक्त बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने तय भएको छ। आजको बैठकले प्रस्तावित पदाधिकारीहरूविरुद्ध उजुरी आह्वान गर्नेलगायतका सुनुवाइको औपचारिक प्रक्रिया सुरु गर्नेछ।
Read full story at source (nepalviews.com)