जलेका संरचना उठेनन्, कोशीमा पुनर्निर्माण अन्योलमा
annapurnapost.com · Wed Sep 09 15:44:35 GMT 2026

विराटनगर : जेनजी आन्दोलनको आवरणमा कोशी प्रदेशमा गरिएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माण अझै अन्योलमा परेको छ।
आन्दोलनको क्रममा प्रदेशका सरकारी कार्यालय, प्रहरी भवन, सवारीसाधन तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध २०८२ भदौ २३ गते सुरु भएको आन्दोलन प्रहरीको गोली प्रहारपछि तनावपूर्ण बनेको थियो। गोली प्रहारबाट युवाहरुको मृत्यु भएपछि त्यसको भोलिपल्ट देशभर हिंसात्मक अवस्था सिर्जना हुँदा कोशी प्रदेशका विभिन्न जिल्लामा सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड भएको थियो।
Read full story at source (annapurnapost.com)