विकल्प नखोजी दुधौरा किनारका बस्ती नहटाउन आग्रह
annapurnapost.com · Wed Sep 09 16:05:41 GMT 2026

सिमरा : अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन संघर्ष समिति बाराले वैकल्पिक पुर्नबासको व्यवस्था नभएसम्म जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोला किनारका बस्ती नहटाउन आग्रह गरेको छ। उक्त बस्ती हटाउन डिभिजन वन कार्यालय बाराले जारी गरेको १५ दिने सूचनाप्रति आपत्ति जनाउँदै समितिले पहिला वैकल्पिक व्यवस्थापनसहित न्यायोचित समाधान खोज्न आग्रह गरेको हो।
वन कार्यालयका प्रमुख सुजितकुमार झालाई बुधबार ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिले व्यवस्थापन बिना वर्षैदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीन, सुकुम्बासी तथा न्यून आय भएका नागरिकलाई हटाउने कार्य अमानवीय र अनुचित हुने बताएको छ। समितिले बाढीको जोखिम र वन अतिक्रमितको नाममा भूमिहिन र अव्यवस्थित बसोबासीलाई विस्थापित गर्न नपाइने भन्दै आफूहरुको मागलाई वेवास्था गरिने आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
Read full story at source (annapurnapost.com)